२०८१ माघ १९ काठमाडौ । नेपाली कांग्रेसले अब पार्टीको रणनीती कस्तो बनाउने ? गठबन्धन तथा सरकार सग काङ्ग्रेसको भुमिका कस्तो हुने र पार्टी सुदृढीकरणका लागि भन्दै देशभरका सवै सभापतिहरुलाई पोखरामा भेला गराएर प्रशिक्षण तथा अभिमुखीकरण दिने तयारी गरेको छ । पोखरा माघ २० गतेदेखि २३ गतेसम्म पार्टी सुदृढीकरण र रणनीतिबारे कांग्रेसले कार्यक्रम राखेको श्रोतले जनाएको छ।
नेपाली कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको आयोजनामा माघ २२ र २३ गते पोखरामा नेपालका सवै जिल्ला सभापति, जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिलाई राखेर प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम राखिएको पार्टी श्रोतले जनाएको छ ।
२० गते पोखरा महानगर सम्मेलन र २१ गते सातै प्रदेशका सभापतिसहितको छलफल राखिएको नेपाली कांग्रेस श्रोतले जनाएको छ । २० गतेदेखिनै कांग्रेस केन्द्रिय सभापति शेरबहादुर देउवादेखि केन्द्रीय पदाधिकारीहरु पोखरामा रहने काङ्ग्रेसले जनाएको छ ।
केन्द्रीय सभापतिदेखि महामन्त्रीद्वयसहित पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्य पोखरा रहनेछन । सभापति सेर बहादुर देउवा २० गते पोखरा आएर २२ गते सम्ममा काठमाडौं फर्किने कार्यसूची छ । पार्टी सभापति महामन्त्रीसहित पदाधिकारी २३ गतेसम्म प्रशिक्षण कार्यक्रममा रहने तय भएको छ श्रोतले जनाएको छ ।
(क्रान्ति)