२०८१ माघ १८ काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडैलले ६ वटा अध्यादेशहरू जारी गरेका छन । प्रतिनिधिसभामा पेस भएका अध्यादेशहरू आगामी माघ २४ गते बस्ने बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ जनाएको छ ।
सरकारले जारी गरेका विभिन्न ६ वटा अध्यादेश प्रतिनिधिसभामा पेस भएका छन् । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठकमा शुक्रबार ६ वटा अध्यादेश पेस भएका हुन् ।
१- सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, २- आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायीत्व पहिलो संशोधन अध्यादेश–२०८१, ३-नीजिकरण संशोधन अध्यादेश–२०८१, ४- आर्थिक तथा व्यवसायीक वातावरण सुधार लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, ५- सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ र ६-भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ पेस भएका छन ।
प्रधानमन्त्रीको तर्फबाट संचार सूचना तथा प्रविधिमन्त्रीले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गरे । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १-आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायीत्व पहिलो संशोधन अध्यादेश–२०८१, २-नीजिकरण संशोधन अध्यादेश–२०८१ र ३-आर्थिक तथा व्यवसायीक वातावरण सुधार लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ पेस गरे ।
भूमि, व्यवस्था सहकारी एवं गरिबी निवारणमन्त्री बलराम अधिकारीले १-सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ र २- भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ पेस गरेका हुन । उक्त अध्यादेशहरु मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडैलले जारी गरेको हुन । प्रतिनिधिसभामा पेस भएका यी अध्यादेशहरू आगामी माघ २४ गते बस्ने बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको बुझिएको छ । (क्रान्ति)