२०८१ माघ १५ काठमाडौ । काठमाडौ उपत्यकामा ध्वनी प्रदुषण गराउने प्रमुख सवारी साधन हुन । ध्वनि प्रदुषण आखाले देखिन्न, तर यसको असर भोग्न अनुभव गर्न सकिन्छ । ध्वनि प्रदुषणले मानसिक रोग, तनाव, थकान, चिन्ता, चिडचिड हुने, रिस उठने, स्मरण शक्ति कम गराउने, बिर्सने, काम गर्न मन नलाग्ने, पागलपन, डिप्रेसन, मानिस र पशुको गर्भ तुहिने, मानिस रिसालु जस्ता रोग निम्त्याउने स्वास्थ्यविदले बताएका छन । औधोगिक प्रतिष्ठानमा तोपगोला बिस्पोटन आदि बाट निस्कने ध्वनिका कारण हुने पदूषण लाई ध्वनि प्रदुषण भनिन्छ l
जुनसुकै स्रोतबाट निस्केको वा निकालेको आवाज वा ठूलो ध्वनिले मानिस जनावर जीवआत्मा वा वातावरणलाई असजिलो बनाउँछ र मानव स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ भने त्यसलाई ध्वनि प्रदूषण भनिन्छ । घर, अफिस, औद्योगिक कलकारखाना, बाटो सडकमा, रेलवेमा, ठूला उद्योग, मेसिनहरु चल्ने स्थानमा हुन सक्दछ । मानिस जम्मा भएर गर्ने विभिन्न कार्यक्रमहरु जस्तै कन्सर्ट, खेलकुद, आमभेला, जुलुस आदिबाट निस्कने आवाज बाट पनि ध्वनि प्रदुषण गराउछ ।
नेपालमा ध्वनि प्रदूषणलाई बेवास्ता गरिएको छ । नेपालको राजधानी काठमाडौ उपत्यका ध्वनि प्रदुषण हुनेमा एक नम्बरमै पर्दछ । ध्वनी प्रदुषणको असर लामो समयपछि देखिने स्वास्थ्यविद बताउछन् । ध्वनि प्रदुषण मानिसलाई मात्रै होईन जनावरलाई समेत पर्ने अध्यनले देखाएको स्वास्थ्यविद बताउछन् । ध्वनि प्रदुषणको असर मानिसहरुलाई थाह नहुन सक्छ । विकसित देशहरुका मानिसहरु यसबाट सचेत भए पनि पुर्ण रुपमा ध्वानी प्रदुषण नियन्त्रण गर्न सफल छैनन् ।
बिश्वका सरकारले यसको नियन्त्रणको लागि विभिन्न उपायहरु सुरु गरेका छन । आफ्ना जनतालाई आफ्नो घर वरपर वातावरणमा र घरभित्र पनि कसरी ध्वनि प्रदूषणबाट बच्ने भनी उपायहरु सिकाएको पाउँछौं । तर नेपाल जस्ता विकासोन्मुख देशहरुमा यो बेवास्ता गरिएको पाईन्छ ।
बिकसित देश युरोपियन देशहरु, अमेरिका, जापान, अस्ट्रेलिया, रसिया, चिन आदि औद्योगिक देशहरुमा काम गर्ने स्थान अनुसार आवाजको तह मात्र नाप्ने मेसिन आवीस्कार गरेका छन । नेपालमा यस्तो प्रवृती कम रहेको छ । काठमाडौ उपत्यकामा ध्वनि प्रदुषण गराउने डिजेल पेट्रोलबाट चल्ने सवारी साधनहरु प्रमुख हुन । काठमाडौ उपत्यका भित्र स्थाई तथा अस्थायी रुपमा बस्ने मानिसहरुको स्वास्थ्य प्रती सरकार संबेदनसिल भए नेपाल सरकारले ध्वनी प्रदुषण नियन्त्रण गर्ने उपाय सोच्नु पर्ने तत्कालको आवस्यकता देखिन्छ ।
(क्रान्ति)