२०८१ माघ ४ काठमाडौ । यतिबेला काठमाडौ उपत्यका भित्रका मुख्य ठूलो बाटो , साना बाटो घर छेउका बाटो माथी पोल गाडेर पोलमा बिजुलीको तार, वाईफाई कम्पनीको तार झुण्डीएको देख्न पाईन्छ् । जुन तारको कारण काठमाडौ उपत्यको सौर्न्दर्य स्वरुप कुरुप जस्तो देखिन्छ ।

नेपाल शरकार र काठमाडौ महानगरपालिकाको समन्वयमा उक्त कुरुप हटाउन पोलमा झुण्डीएका तार भूमिगत गर्ने कार्य भैईरहेको छ । काठमाडौ उपत्यकाको विभिन्न ठाउँ दरबारमार्ग रत्नपार्क, कालिमाटी ठमेल, माईतिघर, बबरमहल, नयाँबानेश्वर, पुरानो बानेश्वर लगाएत उपत्यकाको विभिन्न ठाउँमा तार भूमिगत गर्ने काम स्वरुप पाईप गाड्ने काम भैईरहेको देखिन्छ। तार भूमिगत गर्ने कार्य अत्याधुनिक मेसिन प्रयोग गरेर तार बिछ्याउने काम भैईरहेको छ । (क्रान्ति)