२०८० फागुन १० काठमाडौं । गृह मन्त्रालयले आज प्रेस बिज्ञप्ती जारी गर्दै देशभर सरकारी जग्गा अतिक्रमको अवस्थाबारे विवरण संकलन गरी पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई दिर्नेशन दिएको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

सरकारी स्वामित्वमा रहेको सरकारी जग्गा कोहि कसैले आफ्नो नाममा दर्ता गरेको वा कुनै प्रयोजनका लागि भोगचलन वा नियन्त्रणमा राखेको भए त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न समेत गृहमन्त्रालयले आग्रह गरेको जनाएको छ । गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, कोहि कसैले सरकारी जग्गा दुरुपयोग गरेको, आफ्नो स्वामित्वमा कायम गरेको सूचना कोहि कसैसग भए त्यस्तो कार्यमा संलग्न व्यक्तिको बारेमा सूचना दिन पनि आग्रह छ ।