२०८० फागुन ५ काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौ जिल्ला भित्र लगाएको निषेधित क्षेत्रको अवधि २ महिना थप गरेको जनाएको छ ।
प्रमुख जिल्ला प्रशासन कार्यलय द्वारा सूचना जारी गर्दै थप २ महिनाको लागि निषेधित क्षेत्र तोकिएको जनाएको छ।
जिल्ला प्रशासन कार्यल काठमाडौले जनाए अनुसार काठमाडौको माइतीघर मण्डलदेखि बानेश्वरसम्म, शितल निवास, उपराष्ट्रपतिको हरित गृह, प्रधानमन्त्री निवास, संसद भवन नयाँ बानेश्वर र सिंहदरबार आसपास क्षेत्र तोकेको जनाएको छ ।
आज शनिबारदेखि तोकिएका यि स्थानगरुमा ५ जना भन्दा बढी भेला जम्मा भएर कुनैपनि प्रकारको जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन र विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको आदेश पत्रमा उल्लेख रहेको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम यस्तो आदेश जारी गरिएको जनाइएको छ । यसअघि पनि यी स्थानमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेको थियो ।