२०८० पौष १६ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुर बालकुमारी घटनामा २ जनाको ज्यान जाने भएको घटना सोचे देखे भन्दा हुन सक्ने बताएका छन् । आज नेपाली काङ्ग्रेसले आयोजना गरेको मेलमिलाप दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शुक्रबारको घटना पूर्वानुमान गर्नसक्ने खालको नभएको बताएका छन ।
घटनाको ब्रिफिङ सुनेपछि आफूलाई उक्त घटना केही गम्भीर लागेको र घटनामा रहस्य लुकेको हुन सक्ने समेत सुनाए । आफूसँग कुनै सवुज प्रमाण नभए पनि उक्त घटना लोकतन्त्र र गणतन्त्रको विरुद्धमा कुनै डिजाइन त छैन भन्ने संखा लागेको बताए। उक्त घटना लाई उच्चस्तरीय तरिकाले छानबिन अनुसन्धान गर्ने निष्कर्षमा सरकार पुगेको प्रधानमन्त्री प्रचण्डले बताए ।