२०८० पौष १६ काठमाडौ । सरकारले आज देखि लागू हुनेगरी मन्त्रीपरिषद् बैठकमा खर्च हुने खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्रीले आज बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा खाजा कटौती गरिएको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

खाजाको लागी प्रत्येक मन्त्रीपरिषद् बैठकमा करिब ६० हजार माथी खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । बर्षमा एकसय भन्दा धेरै मन्त्रिपरिषद्को बैठक हुने गरेका छन् । मन्त्रीपरिषद् हुने आज देखि खाजा कटौती भएसँगै वार्षिक करिब ६० लाख जोगिएको प्रधानमन्त्रीको कार्यलयले जानकारी दिएको छ । आज देखि मन्त्रीपरिषद बैठकमा बस्दा भोक लागे खाजा घर बाट ल्याउनु पर्ने कित आफ्नै पैसाले खाजा किनेर खानु पर्ने भएको छ ।