२०८० मंसिर २८ काठमाडौं ।काठमाडौं महानगरपालिकाले आज देखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ बेचबिखनमा पुर्ण रुपले प्रतिबन्ध लगाएको छ । काठमाडौं भित्र सुर्तीजन्य पदार्थ पान पराग सुर्ती,खैनी,गुट्खा,सुर्तीहरु पुर्ण रुपले प्रतिबन्ध गरिएको काठमाडौ महानगरपालिकाले जानकारी दिएको छ।आज मंसिर २८ गते देखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने काठमाडौ महानगरपालिकाले बताएको छ ।

पसलमा बेचेको थाहा पाए २ पटक सम्म सामान जफत गरिने तर तेस्रो पटक पनि सूचनाको अपहेलना गरेर जबर्जस्ती बेचेको पाए पसल नै बन्द गर्ने महानगरपालिकाले जनाएको छ। मानव स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभाव रोक्न, काठमाडौको शहरी सौन्दर्यता कायम राख्न र भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको काठमाडौ महानगरपालिकाले जनाएको छ । भोलि काठमाडौं महानगरपालिकाले महानगर दिवस मनाउने समेत जनाएको छ ।

“अर्कोतिर काठमाडौ उपत्यका भित्र मदिराजन्य पदार्थ स्वदेशी जाड, रक्सी तथा बिदेशी ब्रान्डेड जाड रक्सी समेत खुलमखुल्ला जताततै बिक्रीवितरण गर्ने कार्य तत्काल रोक लगाउनु पर्ने उपत्यका बासीले आवाज उठाईरहेका छन”।

Error: Contact form not found.