२०८० असोज २३ काठमाडौ । सरकारी कामकाज रोकेर पेन्सन सुबिधा लगाएत विभिन्न सेवा सुबिधा माग राखेर काठमाडौमा आन्दोलनरत स्थानीय निकायका करार,अस्थायी, स्थायी सरकारी कर्मचारी माथि नेपाल सरकारका जागीरे नेपाल प्रहरी द्वारा काठमाडौको नंयाबानेश्वर क्षेत्रमा कुटपिट भएको छ ।
आन्दोलनरत कर्मचारीले निषेधित क्षेत्र घोषणा गरेर बसेका नेपाल प्रहरीको डिउटी लाई असर पर्ने गरि निषेधित क्षेत्र तोडने प्रयास गरेका थिए ।
नेपाल प्रहरीले स्थानीय निकायका कर्मचारीहरूले आन्दोलनको नाममा डिउटीमा बसेको प्रहरीको आदेश नमानेको भन्दै लठ्ठिले केही आन्दोलनरत कर्मचारी जागीरेको ढाड सेक्ने गरि हात, खुट्टा, ढाड, तिघ्रामा निलडाम, सुम्ला हुने गरि कुटपिट गरेको छ । नेपाल प्रहरी पनि सरकारी जागीरे हुन र स्थानीय निकायका आन्दोलनरत कर्मचारी पनि सरकारी जागीरे हुन।