२०८० असोज २३ काठमाडौ । कहिले माओवादी कहिले एमालेमा रहेका तर पछिल्लो समय ´राजा आउ देश बचाउ` भन्दै राज संस्थाको पक्षमा वाकलत गर्दै हिडने बीएण्डसी अस्पतालका सञ्चालक तथा उद्योगपती दुर्गा प्रसाईँलाई कालो मोसो दलिएको छ । काठमाडौको एल्लो प्यागोडा होटेल परिसरमा प्रसाईँलाई एमालेको युवा संघका एक समूहले कालो मोसो दलेको हो ।
दुर्गा प्रसाईँका सहयोगी दिपक खड्काले बताए अनुसार एमालेका कार्यकर्ताले कालो मोसो दलेका हुन् । उनले पत्रकार सम्मेलन गर्न एल्लो प्यागोडा जानेक्रममा गाडीबाट उत्रँदै गर्दा कालो रङ्ग दलिएको थियो। कालो रङ दल्ने समूहले नेकपा एमाले जिन्दावाद, युवा संघ जिन्दावाद महेश बस्नेत जिन्दावाद , दुर्गा प्रसाईं मुर्दावाद दुर्गा प्रर्साईं मेडिकल माफिया हो जस्ता नारा जूलूस गरेको भिडियो सामाजिक संजालमा प्रकासित छन। पछिल्लो समय प्रर्साईले नेपालका ठुला भ्रष्टाचारीको नाम सार्वजनिक गर्ने अभियान चलाईरहेका छन ।