२०८० साउन २ काठमाडौ । काठमाडौंको जिल्ला अदालत परिसर भित्र काठमाडौ जिल्ला अदालत र काठमाडौ जिल्ला बार एसोसिएसनले अदालतमा सेवा लिन आउने आमसर्वसाधारण र कानुन व्यबसायीहरूलाई सवारी साधन पार्किङको ब्यबस्था नगरिदिएको भन्दै स्वतन्त्र कानून व्यवसायीहरुले सुरु गरेको आन्दोलनलाई सम्बोधन गर्दै जिल्ला अदालत काठमाडौले क्यान्टीन पुर्ण रुपले हटाएको छ ।
काठमाडौं जिल्ला अदालत परिसरभित्र काम विशेषले आउने आम सर्वसाधारण सेवाग्राही र कानून व्यवसायीहरुलाई पार्किङ गर्न नदिइएको भन्दै कानून व्यवसायीहरु आन्दोलित भएका थिए । स्वतन्त्र कानुन व्यबसायीहरूले आन्दोलन गर्दै एक हप्ता भित्र काठमाडौ जिल्ला अदालत भित्र पार्किङ खुल्ला नगरे कडा आन्दोलन गर्ने बताए पनि पार्किङ भने काठमाडौ जिल्ल अदालत र काठमाडौ जिल्ला वार एसोसिएसनले पुर्ण रुपले पार्किङ खुल्ला गरेको छैन तर अम्सिक रुपले भने कानुन ब्यपसायीलाई मात्रै पार्किङ खुल्ला गरेको छ” ।
कानून व्यवसायीहरूले काठमाडौ जिल्ला अदालत प्रशासनलाई आमसर्वसाधारणहरू र वकिलको लागि पार्किङको व्यवस्था गर्न माग सहितको ज्ञापनपत्र बुझाएका थिए । अदालत प्रशासनले ज्ञापन पत्र बुझ्न आनकानी गरेपछि स्वतन्त्र कानुन ब्यबासायीले सञ्चारकर्मीहरु समेत बोलाएका थिए । काठमाडौ जिल्ला अदालतले भित्र पार्किङ गर्न नदिने, तर काठमाडौ जिल्ला अदालत भित्र पार्किङ गर्ने ठाउँमा अदालतले क्यान्टिङ्ग संचालन गर्न दिएको स्वतन्त्र कानुन व्यबसायीले जानकारी दिएका थिए ।
काठमाडौ महानगरपालिकाले काठमाडौ जिल्ला अदालत भित्रको अण्डरग्राउण्ड भित्र रहेको क्यान्टिङ्ग हटाएर आमसर्वसाधारण सेवा ग्राहीहरू र कानुन ब्यबसायीहरूलाई समेत अदालत भित्र पार्कीङ्ग सुविधा उपलब्ध गराईदिन बारम्बार काठमाडौ जिल्ला अदालत लाई अनुरोध गर्दै आएको छ। क्यान्टीन हटाएर पार्किङ्को व्यबस्था मिलाउन स्वतन्त्र कानुन व्यबसायीले आन्दोलन गरेका थिए।”