नेपाल उमा कुङफु सङ्घका भूपेन्द्र गुरुङ र उद्धव थापा मगर सेल्फ डिफेन्स कोर्स तथा सेमिनारमा सहभागी हुन आज इङल्यान्ड प्रस्थान गरेका छन् ।
सेमिनार यही वैशाख ३० र ३१ गते इङल्यान्डको ब्रिडलिङटनमा हुनेछ । सेमिनारमा विभिन्न २७ राष्ट्रका ग्रान्ड मास्टर्सको सहभागिता रहनेछ । भूपेन्द्र नेपाल उमा कुङफु सङ्घका महासचिव हुनुहुन्छ भने मगर सोही सङ्घका पूर्वअध्यक्ष एवं वर्तमान सहायक मुख्य प्रशिक्षक हनुहुन्छ ।
दुवैले सेमिनारबाट हासिल गरेको ज्ञान अरुलाई सिकाएर व्यवहारमा उतार्ने बताउनुभयो । उहाँहरुलाई आदिवासी खेलकुद सङ्घ नेपालका पदाधिकारीले बिदाइ गर्नुभयो ।रासस