७९ चैत्र ३० काठमाडौ । आज बिक्रम सम्वत २०७९ सालको अन्तिम दिन हो । ७९ सालको अन्तिम  दिन काठमाडौ जिल्ला अदालत परिषर भित्र काठमाडौ जिल्ला बार एशोसिएसनको पहलमा  काठमाडौ जिल्ला अदालतमा सेवा लिन आउने सेवाग्राही, काठमाडौ जिल्ला अदालतका कर्मचारी, कानुन व्यबसायी लाई ग्राण्डी  ईन्टरनेशनल हस्पिटल द्वारा निसुल्क स्वास्थ्य परिक्षण सेवा प्रदान गरेको छ । उक्त कार्यक्रममा काठमाडौ जिल्ला बार एशोसियसनका अध्यक्ष, उपाध्यक्ष, कोषा-अध्यक्ष, सचिव, काठमाडौ जिल्ला अदालतका न्यायाधीशहरू, अदालतका कर्मचारीहरू श्रेस्तेदार, अधिवक्ता भुनेश्वर थापा (भुवन) लगाएत  अदालतमा सेवा लिन आउने धेरै सेवाग्राहीहरूले निसुल्क स्वास्थ्य परिक्षण सेवा लिएका छ्न ।

ग्राण्डी ईन्टरनेशनल हस्पिटल अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सन्चालित अस्पताल हो । यो ग्राण्डी अस्पतालले कमजोर आर्थिक अबस्थामा भएकाहरूलाई  निसुक्ल तथा सर्वसुलभ रुपले स्वास्थ्य  उपचार सेवा दिईरहेको छ । काठमाडौ जिल्ला बार एशोसिएसनले यो भन्दा पहिला यस्तै प्रकृतिको मानव सेवाका कार्य रक्तदान  लगाएत विभिन्न कामहरू संचालन गर्दै आएको छ । काठमाडौ जिल्ला बार एसोसिएनले आर्थिक अबस्था कमजोर हुने जो को स्वादेशी तथा बिदेशी नागरिक लाई निशुल्क कानुनी सहायता समेत प्रदान गर्दै आएको छ ।