सम्पादकीय: नारायण क्रान्ति

२०७९ माघ २१ काठमाडौ । नेपालमा यतिबेला तरलताको समस्या छ भन्ने हल्ला छ ! लगानी योग्य पैसा छैन भन्ने हल्ला छ ! खर्वौ नेपाली रकम बिदेशी बैंकमा राखिएको भन्ने हल्ला छ !

पैसा जति ठुला धनी ब्यापारी उद्योगपतिले आफै वा आफुले नसके आफ्नो नातागोता साथीभाइ प्रयोग गरेर बोरामा पैसा प्याक गरेर बोरामा हालेर नेपाल भित्रै आआफ्नो घरघरमा, घरको पानी ट्याङ्की भित्र, घरमुनि खाल्डो खनेर पुरेर लुकाएर राखेको छ भन्ने हल्ला छ ! बोरामा हालेर लुकाउन नसकेको पैसा बिदेशका बिदेसी कम्पनीमा लगानी गरेका छन भन्ने हल्ला छ ! बिदेशका बैंकमा निक्षेप जम्मा गरेका छन भन्ने हल्ला छ !

बैंकहरू, सहकारीहरू फाईनान्सहरूले जग्गामा, सेयरमा खर्वौ खर्व लगानी गरे यसरी लगानी गरेको पैसा जो जस्ले पाए करोडौं अर्वौ पाए अनि करोड र अर्वमा घर जग्गा बेच्ने , सेयर बेच्ने जग्गा धनी, सेयर धनिले नेपालमा खर्वौ बटुलेर बिदेशका बिदेशी बैंकमा लगेर पैसा राखेका छन भन्ने हल्ला छ ! जग्गा व्यापार, सुन ब्यापार, सेयर ब्यापार विभिन्न ब्यापार आदि ईत्यादी व्यापार वा  विभिन्न तरिकाले नेपालमा कमाएको र प्राप्त गरेको नेपाली अर्वौ अर्व रकम ईण्डिया, चीन, मकाउ, अमेरिका, कोरिया, स्वीजरल्याण्ड, मलेसिया, बेलायत, जापान, दुबैइ, कत्तार आदि देशका विभिन्न बैंकहरूमा क्यास जम्मा गरेका छन भन्ने हल्ला छ !  नेपाली ठुला ब्यापारी उद्योगपतीले नेपालमा कमाउदै बीदेशका बिदेशी ठुला कम्पनीमा लगानी गरेका छन भन्ने हल्ला छ !

अर्कोतिर ठुला लगानीकर्ताले नेपालमा लगानी गर्दा आफ्नो लगानीको सुरक्षाको ग्यारेन्टी नदेखेर उनिहरूले नेपालमा कमाउदै बिदेशका कम्पनीमा लगानी गर्ने, बिदेशी बैंकमा नेपाली खर्वौ पैसा जम्मा गरिरहेका छन भन्ने हल्ला छ ! नेपाल आयतमुखी देश भैईरहेको छ जस्ता बिचार बिमर्ष  हल्ला छलफल  बहस नेपालमा चलिरहेको छ भने अर्कोतिर करोडौं अर्वौ मुल्यमा घर, जग्गा, सेयर, सुन,  बेचेर करोडौं अर्वौ रकम लिने धनिहरूले नगद कहाँ जम्मा गरे ? कहाँ लगानी गरे? कहाँ राखेका छन ? भन्ने कुरा चासो जिज्ञासा् खुल्दुली पैदा भएको छ ।

यी सवै समस्या समाधानको लागि नेपाल सरकारले तत्काल नेपाली पुराना नोट नचल्ने निर्णय गरोस् ।  पाँच सय र हजारको पुरानो नोट नचल्ने घोषणा गरेर पुरानो हजार र पाँच सयको नोट दुई/तीन महिना भित्र साटिसक्नुपर्ने निर्णय नेपाल सरकारले गरोस् जुन सरकारको निर्णयले भ्रष्टाचारको समस्या, तरलताको समस्या र पैसा लुकाएर राख्ने समस्या नेपालमा धेरै मात्रमा तत्काल  समाधान  हुनेमा दुईमत छैन”।