गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शहीदको बलिदानबाट ऊर्जा लिएर देश निर्माणको नयाँ सङ्कल्प गर्नुपर्ने बताउनुभएको छ । शहीद दिवसका अवसरमा आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले शहीदको योगदानको कदर गर्नुपर्ने धारणा राख्नुभयो । “समृद्ध नेपालको बाटोमा दत्तचित्त भएर लाग्न शहीदहरुले बाटो देखाउनुभएको छ, शहीदको बलिदानबाट ऊर्जा लिएर नयाँ सङ्कल्प गरौँ, देश निर्माणको महाअभियानमा हामी सबै जुटौँ”, मुख्यमन्त्री अधिकारीले भन्नुभयो । उहाँले लोकतन्त्र प्राप्तिका लागि शहीदहरूले पु¥याएको योगदान कहिल्यै बिर्सन नसकिने बताउनुभयो । त्यसअघि मुख्यमन्त्री अधिकारीसहित विभागीयमन्त्री, प्रदेशसभा सदस्यलगायत विशिष्ट व्यक्तिहरूले शहीदचोकमा रहेको शहीद स्तम्भमा सम्मान अर्पण गर्नुभएको थियो ।रासस