चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले साइबर सेक्युरिटी र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल गरिरहेको बताउनुभएको छ । चलचित्र पत्रकार सङ्घ नेपालले आयोजना गरेको दुई दिने कार्यशालाको समापन कार्यक्रममा बोर्ड अध्यक्ष केसीले अहिले सामाजिक सञ्जालमा आउने दृश्यले फिल्मलाई असर गरेको गुनासो बढिरहेकाले त्यसको नीतिगत समाधान गरिने बताउनुभयो । उहाँले कानुन संशोधन मात्रै समस्याको समाधान नभइ नयाँ कानुन बनाउनु आवश्यक रहेको बताउँदै यसका लागि बोर्डले पहल गरिरहेको बताउनुभयो । अध्यक्ष केसीले बोर्डको गतिविधिहरुलाई सहि तरिकाले समाचार बनाएर प्रसारण तथा प्रकाशन गरी हौसला बढाउनुका साथै आवश्यक परे खबरदारी गर्न समेत कार्यशालामा सहभागी पत्रकारलाई आग्रह गर्नुभयो ।रासस