समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तोस्रो साता गाउँ छोडेर काठमाडौँ तिर लाग्नुभयो । उहाँले बसाइसराइ गर्नुभएको होइन । उहाँ हिउँ छल्न काठमाडौँ जानुभएको हो । उहाँ विगतदेखि नै हिउँ पर्ने समयमा हिउँ छल्न गाउँ छोडेर सदरमुकाम फुङ्लिङ बजारसम्म पुग्नु हुन्थो । तर यस वर्ष भने काठमाडौँ नै पुग्नुभएको छ । हिमपात हुँदा धेरै जाडो हुने भएकाले जोडो छल्न सोही गाउँका उटुक शेर्पा पनि घुन्सा गाउँ छोडेर काठमाडौँ पुग्नुभएको छ । पेमा र उटुक दुई जनाले मात्र हिउँ छल्न गाउँ छोडेको भने होइन । गाउँका आधा घरपरिवारले हिउँ छल्न गाउँ छोडेर सदरमुकामदेखि काठमाडौँसम्म पुकेको छन । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशिखरको आधार शिविर प्रवेशद्वार हो घुन्सा गाउँ । यहाँको समुदाय प्रत्येक वर्ष हिउँ छल्न गाउँ छोडेर सदरमुकामदेखि काठमाडौँसम्म पुग्ने गरेको घुन्साका स्थानीय टासी तेन्जिङ शेर्पाले बताउनुभयो । उहाँका अनुसार घुन्सा गाउँमा ३३ घर परिवार बसोबास गर्दै आएका छन् । गत मङ्सिर सुरु भएसँगै २० घर परिवारले हिउँ छल्न गाउँ छोडेर सरमुकाम फुङ्लिङ बजार कोही पुकेकाछन् भने कसै काठमाडौँ पुगेका छन् । अहिले १३ घर परिवार मात्र गाउँमा रहेका छन् । यस गाउँका प्रमुख आम्दानीको स्रोत पर्यटन र पशुपालनमा निर्भर रहेको छ । जाडोका कारण विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशिखर अवलोकन गर्न आउने पर्यटकको आगमन ठप्प छ । केही चौँरी याक गोठ हुने मात्र गाउँ रुङ्गालो बसेको स्थानीय पेम्पा शेर्पाले बताउनुभयो ।

विगका ताप्लेजुङको हिमाली क्षेत्रमा विगका वर्षमा मङ्सिरको तेस्रो सातादेखि हिमपात सुरु हुन्थ्यो । हिउँले छोपिएर हिमाल सेताम्य हुन्थ्यो । तर अहिले हिमाली क्षेत्र हिमपात भएको छैन । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशिखर दिनदिनै हिउँ बग्लेर कालो चट्टान जस्तै बन्दै गएको छ । मङ्सिर तेस्रो साता हिउँ छाल्न गाउँ छोडेर काठमाडौँ पुग्नुभएको पेमा शेर्पाले भन्नुभयो, “हिउँ पर्छ भने गाउँ छोडेर काठमाडौँ पुगेको दुई महिना भयो । तर अहिलेसम्म गाउँमा हिउँ परेको छैन । मैले हिजो मात्र गाउँमा फोन गरेको थिए ।” माघसम्ममा पनि गाउँमा हिमपात नभएमा काठमाडौँ छोडेर गाउँ फर्कने योजनामा रहेको शेर्पाले बताउनुभयो । समुद्र सतहदेखि चार हजार दुई मिटर उचाईमा अवस्थित फक्ताङलुङ गाउँपाकिा—७ याङमा गाउँमा हो ताम्मलिङ शेर्पा समयमै हिमपात नभएसंगै आहिले निरासामा हुनुहुन्छ । याङमा गाउँ जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो । हिमालको फेदीमा पर्दछ । शेर्पा जाडो छल्न सदरमुकाम फुङ्लिङमा आउँनुभएको हो । अहिले शेर्पाले हिमालहरु काला पत्थर जस्तै भएको हिमाल हेर्दै दिन बिताउँनु हुन्छ । चिन्तित हुदै उहाँले भन्नुभयो “हिउँ पग्लेर हिमाल सुख्खा हुन थाल्यो । हिमाल सुख्खा भयो भने पानीको मुहानहरु सुक्छ । चौरी याकहरुले पानी खान पाउँदैन । जमिन सुक्का हुदै गए पछि घाँस उम्रीदैन । घाँस नभए पनि चौंरी याकहरु तिर्खा र भोकले मर्ने छन्” याङमा गाउँका समुदायको मुख्य पेशा चौंरी याक पालन हो । उच्च हिमाली स्थान भएकाले अन्न हुदैन । त्यसैले चौरी याक गोठ नै मुख्य आम्दानीको स्रोत हो । त्यसैले सदरमुकाम बसेर ताम्लिङ शेर्पा हिमालमा हिउँ पग्लेर ढडेलो लागेको जस्तै कालो पत्थर जस्तै हिमाल हुदै गएसंगै चिन्ताले पिरोल्न थालेको हो ।रासस