पत्रकार दामोदर न्यौपाने नवौँ कृति ‘घरको शिक्षा’ लोकार्पण गरिएको छ । शिखा प्रकाशनद्वारा प्रकाशित कृति आज यहाँ आयोजित समारोहमा प्राडा विद्यानाथ कोइराला, मनोपरामर्शदाता विजय ज्ञवाली, शिक्षक सङ्घका महासचिव लक्ष्मी किशोर सुवेदी लगायतले विमोचन गर्नुभएको हो । स्रष्टाले पुस्तकमार्फत् बालबालिकालाई असलसँगै खुसी रहन प्रेरित गर्ने बालक र अभिभावको हृदय बुझ्ने मनोविज्ञानसम्बन्धी सन्देश प्रवाह गर्न खोज्नुभएको छ । कृति कोरोना सङ्क्रमणको जोखिमका कारण विद्यालय बन्द हुँदा घर सबैभन्दा सुरक्षित स्थान भए पनि बालबालिकालाई सिकाइ र संस्कारसँग जोड्न नसक्दा हुनसक्ने सम्भावित घटना दोहरिन नदिन अभिभावक चनाखो हुनुपर्ने विषयमा केन्द्रित छ । प्रत्येक घरका अभिभावकले बालबालिकालाई संस्कारयुक्त मनोवैज्ञानिक शिक्षा दिन जरुरी रहेको बताउँदै कार्यक्रमका सहभागी वक्ताले अहिलेको शिक्षा किताबमा सीमित नभई सूचना, प्रविधि, धर्म र संस्कारको मिश्रण भएको विषय पुस्तकमा समावेश रहेको बताउनुभयो । उक्त अवसरमा प्राडा कोइरालाले बालमनोविज्ञानलाई नबुझेर अभिभावकले आप्mनो इच्छामा चल्न सिकाउने प्रवृत्ति बढिरहेको समयमा पुस्तकले विभिन्न सिद्धान्त, दर्शन, सञ्चार, प्रविधि, संस्कार, पूजापाठका माध्यमबाट पनि किताबको ज्ञानभन्दा धेरै शिक्षा हासिल गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएको बताउनुभयो ।रासस