रोटरी क्लब अफ रुद्रमतीले दक्षिणकाली नगरपालिका, फर्पिङमा अवस्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई ‘मेडिकल उकरण’ प्रदान गरेको छ । दक्षिणकाली नगरपालिका–६ फर्पिङमा रहेको अस्पतालमा आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अस्पताल सञ्चालक समितिका अध्यक्ष पूर्णबहादुर शाहीलाई ३४ प्रकारका मेडिकल उपकरण प्रदान गर्नुभयो । द रोटरी फाउन्डेसन, इम्याजिङ रोटरी र स्मिथभिल्ले मेजोरी रोटरी क्लब लगायतले आज मेडिकल बेड (२० वटा), थर्मामिटर (५० वटा), एक्स–रे भ्यू बक्स (पाँचवटा) र युनिनरी क्थेटर (८० वटा) लगायत ३४ प्रकारका उपकरण हस्तारण गरेको हो । सोही अवसरमा मन्त्री गिरीले दूर्गम र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको पहुँचमा स्वास्थ्य सेवा पु¥याउँदै समग्र नेपालको स्वास्थ्य सेवालाई गुणस्तरी र प्रभावकारी बनाउने सरकारको मुख्य योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारण जनताको पहुँचभन्दा धेरै टाढा छ, देशको स्वास्थ्य क्षेत्र नाजुक छ, यसबारेमा सरकार सचेत छ, स्वास्थ्य क्षेत्रको सुधार मेरो पहिलो प्राथमिकता भएको छ ।” मन्त्री गिरीले अब सरकारले छिट्टै स्वास्थ्य बीमालाई निरन्तरता दिने र बीमामार्फत स्वास्थ्य क्षेत्रलाई निःशुल्क बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले जीर्ण अवस्थामा रहेको कीर्तिपुर, दक्षिणकाली हुँदै हेटौँडा जोड्ने सडक पुनःनिर्माणका निम्ति पहल गर्ने आश्वासनसमेत दिनुभयो ।रासस