“नेपाल सरकारले नेपालका सरकारी तथा अर्ध सरकारी निकायहरुमा जहाँ आम नागरिकहरु बिबिध कामको शीलसिलामा जाने गर्दछन, ति निकायहरुबाट सम्पादन हुने सेवा सुबिधामा कुनै कमी नहोस भन्नका लागि अख्तियारको निग्रानी भइ रहेको हुन्छ वा अख्तियारको दुरुपयोग भएको जानकारी अख्तियारमा परे अनुसन्धान पनि हुने गरेकै छ । तर आजको समयमा नागरिकहरु सरकारी र अर्ध सरकारी निकायमा मात्र सिमित नभएर निजी क्षेत्रका निकायहरुमा पनि आबद्ध छन ।

बहुसंख्यक नागरिकहरुले सारा जीवन नै निजी क्षेत्रका निकायहरुमा बिताई रहेको पनि देखिन्छ । हाम्रो जीवनका धेरै खण्डहरु निजी क्षेत्रबाटै संचालित पनि भै रहेका हुन्छन । निजी बिमा कम्पनीहरु, फाइनेन्स कम्पनीहरु, कल कारखाना र यस्तै अन्य संघ संस्था, कर्पोरेट हाउसहरु, र निकायहरु आदि । तर ति निजी निकायहरुबाट प्रभावित हुने नागरिकहरुको संख्या सरकारी निकायहरु भन्दा बढी छ ।

अब यहाँ कुरा गरौं कि ति निजी निकायहरुमा बस्ने कर्मचारीहरुबाट हुने अख्तियारको दुरुपयोग, भ्रष्टाचार र बेथितिलाई कस्ले हेर्ने, कहा रिपोर्ट गर्ने कतै ठाउँ नै नभए पछि हामि नागरिकहरु धेरै मर्कामा परेका छौं । के नेपालमा यो पिडा, बेदना सुन्ने कुनै मन्त्री, माननीय, सचिव, वा हरू कोही छैनन, वा नेपालीहरुलाई निजी क्षेत्रले जे गरे नि हुन्छ भनेर जानी जानी यसो गरेको हो ।

यहाँ इन्सुरेन्सहरुले नागरिकहरुलाई यत मर्का मा पारेका छन कि बहालवाला निरिक्षण गर्ने कर्मचारीहरुले थाहा पाउनु हुन्न वा तपाँईहरुलाई ति निजीहरुले गरेको चाकडी ले नै बिर्सी हाल्नु हुन्छ होला शायद ।

फाइनान्सहरुले २००% ब्याज असुली रहेका छन, केही कुरा गर्न खोजे तपाँई जे गर्न सक्नु हुन्छ गर्नुस भन्छन, २ बर्ष अगाडी २२,००,००० (बाइस लाख) को EMI गरेको २ बर्षको किस्ता तिरे पछी रकम घटनु पर्ने हो तर अहिले २८ लाख बनाएर तिर्नु पर्छ भन्छन, मजदुरहरुको काम गरेको ज्याला बर्षौं सम्म ६०% भन्दा बढी कहिल्यै दिदैनन, ठकेदारहरुले झुलाएर राख्छन, कर्मचारीहरु माथि मन चाहे दमन भएको छ, म्यानपावर कम्पनीहरुले ठगेको ठग्यै छन, बिदेश जाने हरुको बेहाल बनाएका छन, बिभिन्न क्षेत्रमा दलालहरुको देश ब्यापी संगटन नै भै सकेको छ,  यस्तै यस्तै । अब यो हेर्ने कस्ले हो? हामी रिपोर्ट गर्न कहाँ जाने, हामिलाई गरीब र निमुखा सम्झेर सहनै पर्छ भन्ने नेपाल सरकारका बिग्य समाजसेवी, परिवर्तनका संबाहक, समाज परिबर्तनकारी मन्त्री ज्यूहरु कसैलाई यो कुराले छोओला त?

यो म आम नेपाली नागरिकहरुको पिडा लेखी रहेको छु । यी ससाना कुराहरु हामिले नदेख्ने हो भने नेपाल संचालकहरुले हामि माझ गर्ने गरेका ठुलाआ ठुलाआ कुरा अब पनि हामि पत्याउँदै हिडनु कि के गर्नु हाम्रो कुनै बिकल्प पनि रहेन जस्तो लाग्यो ।

त्यसैले मेरो बिनम्र अनुरोध निजी क्षेत्रमा हुने अख्तियारको दुरुपयोग, भ्रष्टाचार र थिचोमिचो रोक्न, पीर मर्का सुन्न एउटा निकाय खडा गर्नु प-यो यदि नेपाली जनताहरुको आवाज कसैले सुन्न चाहनु हुन्छ भने”

डाक्टर रण बहादुर चन्द