राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कर्णाली प्रदेश कार्यसमिति अध्यक्षमा हरिमाया कार्की निर्वाचित हुनुभएको छ । प्रतिष्ठानको दोस्रो अधिवेशनबाट आज कार्की निर्विरोध निर्वाचित हुनुभएको हो । ३५ सदस्यीय प्रदेश कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा तुलसी शाही, प्रथम उपाध्यक्षमा खगेन्द्र गौतम, द्वितीय उपाध्यक्षमा धनबहादुर घर्ती, महिला उपाध्यक्षमा सृजना परियार निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा भानु रिजाल, कोषाध्यक्षमा केशरबहादुर थापा र सहसचिवमा याम थापा र नवराज भण्डारी निर्वाचित हुनुभएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार समितिका सदस्यहरूमा कुलबहादुर वली, रङ्गबिरही कार्की, निर्मला गाहामगर, रुद्रबहादुर गाहामगर, नन्दकृष्ण न्यौपाने, तीर्थराज पुरी, मोहन बुढा, सुरेन्द्र आचार्य र चन्द्रबहादुर बडुवाल रहनुभएको छ । कर्णालीको कला, संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन तथा मौलिकपन बचाउने गरी प्रतिष्ठानले आफ्नो कार्ययोजना बनाएर अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष कार्कीले बताउनुभयो ।दोस्रो अधिवेशनमा कर्णाली प्रदेशको डोल्पाबाहेक नौ जिल्लाका अध्यक्ष तथा प्रदेश प्रतिनिधिको सहभागिता थियो ।रासस