अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग श्रीलङ्काको वार्तामा एक अमेरिकी कूटनीतिज्ञले चीनलाई ‘बिघ्नकर्र्ता’ बताएपछि श्रीलङ्कास्थित चिनियाँ दूतावासले अमेरिकाको आलोचना गरेको छ । कोलम्बो गजेटका अनुसार चीनका लागि अमेरिकी राजदूत जुली चुङले बेलायतस्थित टेलिभिजन नेटवर्क बिबिसी न्यूजनाइटलाई दिएको अन्तर्वार्तामा बेइजिङप्रति लक्षित गर्दै श्रीलङ्काको ऋण पुनर्संरचना प्रक्रियालाई सहयोग गर्न चीनबाट ढिलाइ नहुनेमा अमेरिका आशावादी रहेको बताउनुभएको हो । चुङले दिएको बीबीसी न्यूजनाइटमा प्रसारण भएको सामग्रीबारे कोलम्बो ग्याजेटले भनेको छ, “खासगरी, हामी श्रीलङ्काका जनताका लागि आईएमएफसँगको सम्झौतामा ढिलो भइसकेको सन्दर्भमा अघि बढ्दा चीनले ‘बिघ्न गर्ने’ छैन ।” श्रीलङ्कास्थित चिनियाँ दूतावासले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै चुङको टिप्पणीलाई ‘आधारहीन आरोप र व्याख्या’ भनेको छ । विज्ञप्तिमा श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग गरेको वार्तामा ‘बिघ्नकर्र्ता’ को भूमिका नगरेको आरोप चीनमाथि थोपरेको भन्दै अमेरिकी राजदूतको पनि आलोचना गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “उहाँको ‘आधारहीन आरोप र व्याख्या’ अघि, हाम्रो अमेरिकी सहकर्मीले प्रमुख नीतिगत निर्णयहरूमा भिटो शक्ति भएको आईएमएफको सबैभन्दा ठूलो शेयरधारक को हो। रासस