श्रीलङ्काको राष्ट्रिय भौतिक योजना विभागले सन् २०२३ मा देशभरिबाट २६ वटा पूजास्थलहरूलाई पवित्र स्थलको रूपमा घोषणा गर्ने तयारी गरेको छ । सूचना विभागले शहरी विकास तथा आवासमन्त्री प्रसन्न रणतुङ्गालाई उद्धृत गर्दै गत वर्ष १६ वटा धार्मिकस्थलको नाम राजपत्रमा प्रकाशित गरेको थियो । विभागले भक्तहरूका लागि राष्ट्रिय र प्रादेशिक महत्त्व भएको क्षेत्र एवं राष्ट्रिय, वातावरणीय, ऐतिहासिक, पुरातात्विक वा वास्तुकलाको महत्त्व भएको ठाउँलाई पवित्र स्थानको रूपमा परिभाषित गर्ने गर्दछ । पवित्र क्षेत्रका रूपमा पहिचान भएका क्षेत्रहरूलाई पूर्वाधार विकास गर्न, सुरक्षा अभिवृद्धि गर्न र त्यस्ता क्षेत्रमा कार्यरत मानिसहरूको जीवनस्तर उकास्न सरकारी सहयोग बढाइने गर्दछ ।रासस