गत जुनमा महिला चिकित्सकको एउटा टोली छ घण्टा लामो पहाडी मार्गको यात्रा पूरा गरेर पूर्वी अफगानिस्तानको एउटा गाउँ पुग्यो जहाँ भूकम्पबाट एक हजारभन्दा बढी अफगानीले ज्यान गुमाएका थिए । भूकम्प भएको दोस्रो दिन महिला चिकित्साकर्मीको टोली त्यहाँ पुगेको थियो । घाइते भएका पुरुषले अघिल्लै दिनदेखि उपचार पाएका थिए तर महिलाका आला घाउबाट रगत बगिरहेको थियो सामान्य उपाचारसमेत नपाएर । पूरातन सोच र रुढीवादी समाजमा जकडिएको अफगानिस्तानका महिला महिला चिकित्सक नआएसम्म त्रिपालबाट बाहिर निस्केनन् । मानवीय सहायताकर्मी महिला नहुँदा कठिन एवम् दयनीय स्थिति अफगान महिलाले झेल्नुपरेकामा खिन्न छन् अन्तर्राष्ट्रिय उद्धार समितिकी समिरा सैयद रहमान । उनले गाउँका ज्येष्ठ नागरिकहरूलाई महिला स्वास्थ्यकर्मीको टोली सेवाका निम्ति आइसकेको जानकारी दिएपछि मात्र भूकम्प पीडित महिला उपचारका लागि घर वा त्रिपाल बाहिर आएका थिए । आपत्कालीन अवस्थामा पनि महिलाहरू घरभित्रै बस्नुपर्ने बाध्यात्मक व्यवस्था देशभर लागू गरिएको उनी बताउँछिन् । “यो एउटा उदाहरण मात्र हो, ” सैयद भन्छिन्– गैरसरकारी संस्थामा महिलालाई काम गर्न नदिने तालिबानको आदेशले अफगानिस्तान र त्यहाँका महिलाको अवस्थालाई चित्रित गर्छ । परिणामको परवाह नगरी लादिएका यस्ता निर्णयले महिला कामदारको महत्व पनि रूढीग्रस्त अफगानी समाजमा दर्शाएको छ ।रासस