७९ पौष २६ काठमाडौ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मंगलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचना प्राप्त भएको छ । प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार उक्त विषय बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गर्नुभएको थियो । ज्येष्ठ सदस्य जबराले आज मङ्गलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सो प्रयोजनका लागि समय तोकेको जानकारी गराउनुभएको छ  । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रीय स्वतन्त्र पार्टी सहितको बिश्वासको मत पाउने करिबकरिब निश्चित छ।