७९ पौष २६ काठमाडौ ।
पृथ्वी जयन्तीको अवसरमा नेपाल सरकारले भोलि मिति २०७९ साल पौष २७ गते नेपाल अधिराज्य भर सार्वजनिक बिदा दिने भएको छ । पृथ्वी जयन्तीको अवसरमा यो भन्दा पहिला श्री ५ सरकारले सार्वजनिक बिदा दिदै आएकोमा ६२/६३ सालको जन आन्दोलन पछि बनेका नेपाल सरकारले सार्वजनिक बिदा कटौती गरेका थिए। अहिले फेरि नेपाल सरकारले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले सूचना जारी गरेको छ।