चिनियाँ विदेशमन्त्री छिन कङले आफ्ना बङ्गलादेशी समकक्षी अब्दुल मोमेनसँग मङ्गलबार बिहानसंक्षिप्त भेटवार्ता गर्नुभएको छ । अफ्रिकी देशहरूको भ्रमणको क्रममा बङ्गलादेशको राजधानीमा अवस्थित विमानस्थल भएको भेटवार्तामा छिनले चीन र बङ्गलादेशबीचको मित्रताको उच्च चर्चा गरेको बताउनुभयो । नयाँ वर्षमा दुवै देशले आफ्नो द्विपक्षीय सम्बन्धलाई संयुक्त रूपमा अगाडि बढाउन सञ्चार र आदानप्रदानलाई सुदृढ गर्न सहमत हुनु भएको बताइएको छ ।रासस