पाकिस्तान एकेडमी अफ लेटर्स, इस्लामाबादले पाकिस्तानको राष्ट्र भाषा उर्दुमा ‘नेपालकी आवाज’ नाममा मूर्धन्य नेपाली साहित्यकारहरूका प्रतिनिधि कविताको अनुवाद सङ्ग्रह प्रकाशन गरेको छ । सङ्ग्रहमा धरणीधर कोइराला–नेपाल, महानन्द सापकोटा–अब, लेखनाथ पौड्याल– पिँजराको सुगा, गोपालप्रसाद रिमाल–आमाको सपना, सिद्धिचरण श्रेष्ठ–आफ्नो परिचय, भवानी भिक्षु–दुःखको कथा, केदारमान व्यथित–चङ्गा, माधवप्रसाद घिमिरे–काली गण्डकी, विजय मल्ल–छोरीलाई नक्सा पढाउँदा, भीमनिधि तिवारी–जाग एसिया जाग, मोहन कोइराला, सारङ्गी, जगदीश शम्सेर राणा–केटी शहर जान्छे, पारिजात–वरको रुख, भूपी शेरचन– मैनबत्तीको शिखा, ईश्वर वल्लभ–क्रुर विचारको कथा, वाशु शशी–एउटा यस्तो फूल चाहिएको छ, द्वारिकालाल श्रेष्ठ–यी आँखाले खोजेका, वैरागी काइँला–विवाहित महिला कामदारको डायरी, रत्न शम्सेर थापा–एक अन्त्यहीन यात्रा, कृष्णभक्त श्रेष्ठ–मेरो पिँढी, तुलसी दिवस–बलेको दियोको तेल, कालीप्रसाद रिजाल–मेरो इच्छा, हरिभक्त कटुवाल–यो जिन्दगी खै के जिन्दगी समेटिएका छन् ।रासस