चीनका राष्ट्रपति सी चिनफिङले न्यायिक र सार्वजनिक सुरक्षा निकायको कामलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले त्यसका निम्ति नयाँ आधार सहित सशक्तरूपले अगाडि बढ्न पनि प्रतिबद्ध रहनुपर्ने बताउँनु भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले हालै न्यायिक र सार्वजनिक सुरक्षा निकायको कामका लागि महत्त्वपूर्ण निर्देशन दिनु भएको हो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको तर्फबाट महासचिव सीले जनवरी १० मा पर्ने चिनियाँ जन प्रहरी दिवसको पूर्वसन्ध्यामा सबै प्रहरी अधिकारीहरूलाई बधाइ तथा कृतज्ञता समेत व्यक्त गर्नुभएको छ ।rss