सामाजिक सञ्जालमार्फत बनेको साथीले आफूलाई भारतको कोठासम्म पु¥याउँछ भन्ने गुल्मीकी २६ वर्षीया युवतीले कल्पनासम्म गरेकी थिइनन् । अध्ययनका लागि बुटवलमा बस्दै आएकी समिता बैतडीका एक युवकसँग फेसबुकमा साथी बनिन् ।सुरुमा सामान्य बोलचाल मात्र भयो । कुराकानी हुँदै जाँदा समितालाई युवक राम्रै साथी भएको अनुभूति भयो । ती युवकले समिताको विश्वास जितेर देह व्यापारका लागि फकाइफुल्याई भारत पु¥याए । भारतको पुनेमा लगेर समितालाई कोठामै बन्धक बनाएर राखे । तब मात्रै समिताको होस् खुल्यो । समिता चिच्याउने रुने गर्न थालेपछि ती युवकले समितालाई औषधि खुवाएर राखे । यता उनको पत्तो नपाएपछि गुल्मीका उनका परिवारले खोजतलास सुरु गर्न थाले । प्रहरीमा निवेदन दिए । झण्डै एक महिना प्रहरीले पनि पत्ता लगाउन सकेन । ती यवकले फोनमा कोठादेखि एक किलोमिटर टाढासम्मको लोकेसन राखेर फोन अफ गर्ने गरेकाले प्रहरीलाई पनि खोज्न समय लागेको माइती नेपाल रुपन्देहीका कार्यक्रम संयोजक माया क्षेत्री सुनाउनुहुन्छ ।माइती नेपाल, नेपाल र भारतीय प्रहरी मिलेर एक महिना खोजतलास गरेको २१ दिनमा समिताको माइती नेपाल र भारतीय प्रहरीले उद्धार गरे । “भारत पु¥याएपछि कोठामा थुनेर राखेको रैछ । सुरुमा औषधि खुवाउँदो रहेछ । यहाँ आउँदासम्म पनि टोलाउनुहुन्थ्यो । कसैसँग खुल्नुभएन चार÷पाँच दिनपछि बल्ल घरपरिवारको बारेमा बताउनुभयो”, कार्यक्रम संयोजक क्षेत्री भन्नुहुन्छ । उहाँको परिवारमा पुर्नमिलन गराइएको माइती नेपालले जनाएको छ । रासस