भनिन्छ, इतिहास जित्नेकै लेखिन्छ । विसं १८४६ मा बहादुर शाह नेतृत्वको गोर्खाली फौजले जुम्ला सिञ्जा राज्यमाथि आक्रमण पश्चात् यहाँको बास्तविक इतिहास लामो समय आउन सकेन । विसं २०२८ मा करिब छ महिना जुम्ला बसेका शताब्दी पुरुष स्व सत्यमोहन जोशीको अध्ययनपछि उहाँले लेखेको कृति ‘कर्णालीको लोक संस्कृति’ले केही खोतलेको पाउन सकिन्छ । सिञ्जा राज्य गोर्खालीको अधिनमा गएपश्चात् नेपाल एकीकरणको फेहरिस्त इतिहासबाहेक यहाँको साँस्कृतिक, पुरातात्विक तथा ऐतिहासिक विवरण पाउन सकिदैन । इस्वीको बाह्रौँ शताब्दीदेखि नागराजले राज्य सुरु गरे । बाह्रौँ शताब्दीदेखि चौधौँ शताब्दीसम्म सिञ्जाबाटै नेपाली भाषा, साहित्य र कलाको उत्पत्ति भएको इतिहासमा पाउन सकिन्छ । उतिबेला भने खस राजा नागराजपछि चाप, चापिल्ल हुँदै पृथ्वी मल्लसहितले २२६ वर्ष राज्य गरेको विकिपिडियामा उल्लेख भएको पाइन्छ । तत्कालीन भाषा, साहित्य र कलाको उर्बर भूमिका रुपमा परिचित कर्णालीमा भने आज साहित्यिक गतिविधि अपेक्षित भएको पाइँदैन । विसं २०७७ मा डा जीवेन्द्रदेव गिरी नेतृत्वको टोलीले सुर्खेतमा ‘कर्णाली वाङ्मय साहित्यिक सङगोष्ठी’को आयोजना गरी यहाँको साहित्य र सृजनाको उत्थानमा सहयोग पु¥याएको देखिन्छ । कर्णालीको भाषा संरक्षणमा भाषा आयोगले सिञ्जा गाउँपालिकासँग समन्वय र सहकार्य गर्दै आएको छ । खस आर्यको थलो खसान राज्यका रुपमा चिनिने कर्णालीमा नेपाली भाषाको संरक्षण, श्रीवृद्धि, प्रवद्र्धन र सम्वद्र्धन जति हुनुपथ्र्यो त्यति हुन नसकेको कर्णाली साहित्य समाज सुर्खेतका अध्यक्ष खगेन्द्र अधिकारी बताउनुहुन्छ । कर्णालीमा जन्मेर राष्ट्रियस्तरमा चिनिएका साहित्यकारले पनि कर्णालीको नाम भजाएर खाने काम गरेको उहाँको आरोप छ ।