नवलपरासी (बर्दघाट सुस्तापूर्ल्वासञ्चालन गर्न असहज भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयअन्तर्गत १३ ट्राफिक चेक पोस्ट रहेका छन् । जिल्ला विभाजनसँगै छुट्टिएको जिल्ला ट्राफिक कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) बिलखबन्दमा छ । यसअघि समग्र दाउन्ने पूर्वको ट्राफिक व्यवस्थापन पूर्व नवलपुरबाटै चल्थ्यो । ट्राफिक व्यवस्थापन गर्नुपर्ने भएकाले राजमार्ग केन्द्रीत यो कार्यालय दशकौँदेखि सडकछेउ भाडाकोे घरमा सञ्चालनमा रहेको कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रदिप थापाले बताउनुभयो । “पश्चिम नवलपरासीको भूमहीमा जिल्ला ट्राफिकको अत्याधुनिक कार्यालय बनिसक्दा नवलपरासी पूर्वको जिल्ला ट्राफिक प्रहरी कार्यालय २०७२ देखि भाडाको घरबाट सेवा प्रवाह गरिरहेको छ”, उहाँले भन्नुभयो । अहिले यो भवन जीर्ण छ । पुरानो घरमा यहाँ २२ ट्राफिक प्रहरी कार्यरत छन् । “कोठा अपुग हुँदा समस्या भएको छ”, थापाले भन्नुभयो । पूर्व–पश्चिम राजमार्गको कावासोती–३ मा यसको कार्यालय रहेको छ । साँघुरो भवनसँगै अगाडि खुल्ला ठाउँ पर्याप्त नभएका कारण काम गर्न असहज हुनाका साथै सवारीसाधन राख्नसमेत समस्या भएको ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी लेखनाथ पुरीले बताउनुभयो ।