ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय कृषि मेला प्रदर्शनीमा ५१ किसान पुरस्कृत भएका छन् । ‘कृषि क्षेत्रको आधुनिकरणका लागि व्यवस्थित पूर्वाधार, प्रविधिमैत्री कृषि उत्पादन ऐसेलुखर्कको आधार’ भन्ने नारासहित सम्पन्न दुईदिने कृषि मेला प्रदर्शनीमा १७ विधाका प्रथम, द्वितीय र तृतीय हुने ५१ किसानलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुने किसानलाई क्रमशः नगद रु तीन हजार, दुई हजार र एक हजारका साथमा प्रमाणपत्रसहित पुरस्कृत गरिएको कृषि शाखा प्रमुख प्रमोदकुमार राजभण्डारीले जानकारी दिनुभयो । कृषि मेला प्रर्दशनीमा खाद्यान्न बालीतर्फ जिरामायाँ राई प्रथम, राजेन्द्र राई द्वितीय र सन्तमायाँ विश्वकर्मा तृतीय हुनुभएको छ । दलहनतर्फ मिनबहादुर राई प्रथम, हिमकला राई द्वितीय र जमुना राई तृतीय, तेलहनतर्फ अडिमान विश्वकर्मा प्रथम, खड्गबहादुर श्रेष्ठ द्वितीय र लिलादेवी राजभण्डारी तृतीय, सुन्तला जातका फलफूलतर्फ हिमकला राई प्रथम, तारासुर राई द्वितीय र दुर्गा राई तृतीय हुनुभएको छ । आलुतर्फ डिल्ली राजभण्डारी प्रथम, राममायाँ दाहाल द्वितीय र भूपेन्द्र राजभण्डारी तृतीय, केरातर्फ सरस्वती अधिकारी प्रथम, भद्रचन्द्र राई द्वितीय र भक्तिमायाँ राई तृतीय, किबीतर्फ अङ्गत राई प्रथम, प्रेमबहादुर राई द्वितीय र कमला राई तृतीय, निर्यात प्रवद्र्धन बालीतर्फ डिल्लीमायाँ राई प्रथम, हिमकला राई द्वितीय र नरबहादुर पराजुली तृतीय हुनुभएको छ ।