हेम–सरिता पाठक फाउन्डेसनले मुलुकको पत्रकारिता क्षेत्रको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याएबापत वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गरेको छ । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले फाउन्डेसनद्वारा आज यहाँ आयोजित समारोहमा दुई हजार अमेरिकी डलर राशिको उक्त पुरस्कार उहाँलाई प्रदान गर्नुभएको हो । नेपाली पत्रकारिता क्षेत्रमा करिब तीन दशकदेखि सक्रियरूपमा क्रियाशील रही योगदान पु¥याउँदै आउनुभएका पत्रकार भण्डारी हाल योहो टेलिभिजनमा समाचार प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । समारोहमा गायक नवीन पौडेललाई एक हजार अमेरिकी डलर राशिको हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार तथा मनोज विश्वकर्मालाई एक हजार अमेरिकी डलर राशिको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार प्रदान गरियो । फाउन्डेसनले मुलुकको सामाजिक, शैक्षिक, सांस्कृतिक र पत्रकारिता क्षेत्रको उन्नयनका लागि आर्थिक सहयोग र विभिन्न सचेतनामूलक कार्यक्रममार्फत सहयोग पु¥याउँदै आएको छ । अमेरिकाको टेक्ससमा मुख्य कार्यालय रहेको उक्त फाउन्डेसनको प्रमुख संरक्षक हेम पाठक, संरक्षक सरिता पाठक र अध्यक्षमा जेनी पाठक हुनुहुन्छ ।