विसं २०४७ देखि कम्युनिष्ट राजनीति गरेका मोहन विक यस पटक नेकपा (एमाले)का तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्य मनोनीत हुनुभयो । तर, उहाँले विषयगत समितिमा जिम्मेवारी पाउनुभएन । संयोजकको मातहतमा काम गर्नुपर्दा आफ्नो योग्यता प्रयोग गर्न नपाएको गुनासो उहाँले गर्नुभयो । कति ठाउँमा वडाध्यक्षहरुले विषयगत जिम्मेवारी लिएका छन् । “वडाध्यक्षहरुलाई वडाकै काममा भ्याई नभ्याई हुन्छ”, उहाँले भन्नुभयो, “त्यसमाथि विषयगत शाखाको जिम्मेवारी लिँदा कतैको पनि काम हुँदैन ।” त्यस्तै मीन बुढाथोकी पनि घोराही उपमहानगरपालिकाको गाउँसभाबाट कार्यपालिकाकी सदस्य निर्वाचित हुनुभयो । उहाँलाई महिला तथा बालबालिका उपसमितिको संयोजक बनाइयो तर, त्यो जिम्मेवारी पनि उनले बहन गर्न पाउनुभएको छैन । “महिला तथा बालबालिकाको संयोजक भनेर निर्णय भयो, तर, अहिले त्यो जिम्मेवारी उपमेयरले बहन गर्नुहुन्छ, भन्ने कुरा भएको छ”, उहाँले भन्नुभयो, “मैले धेरै कुरा सिक्न बाँकी पछि, धेरै कुरा थाहा पनि छैन ।” लमही नगरपालिकाका कार्यपालिका सदस्य चन्द्रा चौधरीले पनि विषयगत समितिको जिम्मेवारी पाउनु भएको छैन । “संयोजकमा सबै दाइहरु मात्रै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “गरेपछि नसकिने त के छ र ?, जिम्मेवारी पाए त हामीले पनि पूरा गर्न सक्ने थियौँ, तर, दाइहरुले सबै थाहा पाउनुभएको हुन्छ, त्यसैले सबै जिम्मेवारी उहाँहरुलाई मात्रै दिइएको छ ।” पहिलो पटक कार्यपालिकामा आएकाले धेरै अनुभव नभए पनि जिम्मेवारी पाएमा सहजै पूरा