नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चार सयभन्दा बढी भूकम्प प्रभावित घर पुनरावेदनका लागि दर्ता भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण पुनरावेदन समितिका अनुसार २०७२ सालको भूकम्पबाट प्रभावित ४५० पुनरावेदकको पुनरावेदन पेस भएका छन । गोर्खा भूकम्पले नवलपरासी (बर्दघाट सुस्तापूर्व)का चार वटा पालिकामा बढी क्षति पु¥याएको थियो । जिल्लाको देवचुली नगरपालिका, हुप्सेकोट गाउँपालिका, बुलिङटार गाउँपालिका र बौदिकाली गाउँपालिकामा भूकम्पले बढी क्षति पु¥याएको थियो । भूकम्प प्रभावित भई पुनरावेदन दिएका ७६ वटा घरको प्रमाणिकरण भई काम भइरहेको छ । नवलपरासी(बर्दघा सुस्तापूर्व)को देवचुली नगरापलिकामा एक सय ४८ पुनरावेदनका लागि दर्ता भएका छन् । यस्तै हुप्सेकोट गाउँपालिकामा एक सय २७, बुलिङटार गाउँपालिकामा एक सय २६ र बौदिकाली गाउँपालिकामा ४९ गरी जम्मा चार सय ५० घरधुरी पुनरावेदनका लागि दर्ता भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण पुनरावेदन समितिका सदस्य भीष्मराज कडरियाले बताउनुभयो । “सरकारबाट हुनुपर्ने काम समयमा नहुँदा समस्या भएको हो अब बाँकी रहेको काम तत्कालै सम्पन्न गर्ने योजना रहेको छ”, सदस्य कडरियाले भन्नुभयो, “२०७६ सालसम्म पुनरावेदकको अन्तिम म्याद राखे पनि त्यसलाई सम्पन्न गर्न विभिन्न कारणले सकिएन् ।” देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले नगरभित्र रहेका भूकम्प प्रभावित पुनरावेदकको छिटोभन्दा छिटो आवास निर्माणका लागि पहल भइरहेको बताउनुभयो ।