विसं २०७२ को विनासकारी भूकम्पले क्षति पु¥याएको नुवाकोटको म्यागङ गाउँपालिका–५ सामरी भञ्ज्याङमा अवस्थित ‘सामरी पौवा’को पुनःनिर्माण गरिएको छ । रु एक करोड १५ लाख लगानीमा पुरातत्व विभागमार्फत उक्त पौवाको पुनःनिर्माण गरिएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिनुभयो । स्थानीय बूढापाका तथा शिलालेखअनुसार विसं १७५० को दशकमा स्थानीय कालीदास खड्कामगरले बनाएको उक्त पौवामा नेपाल एकीकरणको क्रममा नुवाकोट आक्रमण गर्न आउँदा विसं १८०१ मा पृथ्वीनारायण शाहसहित उहाँको सैनिक फौज केही दिन उक्त स्थानमा बसेर युद्धको योजना बनाएको तथा खर्चको जोहो मिलाएकाले कारण ऐतिहासिक मानिएको पौवा भूकम्पले क्षति पु¥याएपछि खण्डहर बनेको थियो । गुठीको नाममा रहेको यस पौवा पुरातत्व विभाग (सरकारी पक्ष)बाट पुनःनिर्माण गर्ने की खड्का परिवारलाई नै सुम्पने लामो समयको अध्ययन, साक्षत्कार तथा प्राप्त इतिहासको आधारमा पुनःनिर्माणसहित पौवाको जिम्मेवारी लिइएको नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अजुर्नप्रसाद फुयाँलले जानकारी दिनुभयो ।