नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओेवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेबीच ओली निवास बालकोटमा छलफल सुरु भएको थियो । सो छलफलमा राष्ट्रिय जनता पार्टी ( राजपा) का नेता अशोक राई पनि सहभागी हुनुभएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आव्हान गर्नुभएको एक हप्ताको समय आज पाँच बजे सकिनु अघि सो भेटवार्ता भएको हो । भेटवार्तामा एमाले, माओेवादी, रास्वपा र राजपाका शीर्ष नेता पनि सहभागी रहनुभएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । सो भेटवार्ताअघि एमाले अध्यक्ष ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच पनि भेट भएको थियो । भेट बार्तामा छलफल पछि पुष्प कमल दाहाल प्रचण्ड लाई प्रधानमन्त्री बनाउने सहमति भएको श्रोतले बतायो।