राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका टेनिस खेलाडीको उत्पादन र टेनिस खेलको विकासको लक्ष्यसहित ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस ११ देखि १५ गतेसम्म पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा १९औँ संस्करणको सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाटसमेत टेनिस खेलाडी पोखरा आउन लागेको प्रतियोगिता संयोजकसमेत रहनुभएका सङ्घका द्वितीय उपाध्यक्ष नवीन चालिसेले आज आयोजित पत्रकार सम्मेलनमा जानकारीदिनुभयो । उहाँका अनुसार प्रतियोगिता हालसम्मकै धेरै खेलाडीको सहभागिता हुन लागेको हो । उहाँले भन्नुभयो,“यो माछापुच्छ«े टेनिस खेलको इतिहासमा नै सर्वाधिक सहभागिता हो । यसले खेलकुदमार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँं ।”प्रतियोगिता अन्तर्गत पुरुष तथा महिलाका एकल तथा डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष मागि गरी विभिन्न उमेर समूहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा कूल दुई सय तीन जना खेलाडीले नाम दर्ता गरेको संयोजक चालिसेले जानकारी दिनुभयो ।