स्पेनका सांसद्हरूले बिहीबार ट्रान्सजेन्डर अधिकार विधेयक पारित गरेका छन् । सो विधेयकमा १६ वर्ष वा माथिका व्यक्तिहरूलाई आफ्नो परिचय पत्रमा लिङ्ग परिवर्तन गर्न अनुमति दिने प्रावधान राखिएको छ । यो कानूनले स्पेनको वामपन्थी सरकार र यसको नारीवादी आन्दोलनलाई विभाजित गरेको छ। बिल अब सिनेटमा प्रसतुत हुनेछ । उक्त विधेयक यथावत पास गरियो भने एक हप्ता भित्र कानून बन्नेछ। यस कदमले ट्रान्सजेन्डर व्यक्तिहरूलाई सहजै आफ्नो स्थिति परिवर्तन गर्न अनुमति दिनेछ । यस्तो अधिकारको व्यवस्था गर्ने विश्वका थोरै देशहरूमध्ये स्पेन पनि एक हुनेछ ।