ट्वीटरका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले भविष्यमा आफू ट्वीटरको जिम्मेवारीमा रहने वा नरहने राय लिन एक सर्वेक्षण पोस्ट गर्दै नतिजाको पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले पोस्टमा सोध्नुभएको छ, “के म ट्वीटरको प्रमुख पदबाट हट्नु पर्छ?” उहाँले निर्णय दिन ट्वीटरका प्रयोगकर्ताहरूलाई हो वा होइन मा क्लिक गर्न आग्रह गर्नुभएको छ । सोमबार मतदान सकिन चार घण्टा बाँकी रहँदा करिब एक करोड ४० लाख उत्तरदातामध्ये ५६.७ प्रतिशतले ‘हो’ मा मतदान गरेका थिए । फलोअर्ससँगको ट्वीटर एक्सचेन्जमा मस्कले आफूसँग प्रयोगकर्ताको रायभन्दा फरक सोच नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “ट्वीटरलाई जीवन्त राख्न सक्ने काम कसैलाई पनि चाहिएको छैन । उत्तराधिकारी कोही छैन ।” मस्कलाई ‘रमाइलो सुझाव’ दिँदै एमआईटीका अनुसन्धान वैज्ञानिक लेक्स फ्रिडम्यानले कुनै तलब बिना केही समयका लागि प्लेटफर्म चलाउन प्रस्ताव गर्नुभएको छ । मस्कले ट्वीटर ‘दिवालियापनको द्रुत मार्गमा’ रहेको बताउनुभएको छ । मस्कले सोध्नुभयो, “तपाइहरूलाई पीडा असाध्यै मन पर्छ । तपाईंले ट्विटरमा आफ्नो जीवनका लागि गरेको बचत लगानी गर्नु पर्दछ र यो मे देखि दिवालियापनको द्रुत लेनमा भएको छ । अझै पनि जागिर चाहिएको छ ।”