नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले वार्षिकरुपमा १० हजार व्यक्तिको आँखाको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । अस्पतालले आर्थिक वर्ष २०७८।७९ मा पाँच हजार ९८१ जटिलसहित आठ हजार १२६ शल्यक्रिया गरेको थियो । अस्पतालको १७औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष डा गोपालप्रसाद पोखरेलले गत आर्थिक वर्षमा अस्पतालले एक लाख ३२ हजार ४३३ बिरामीलाई उपचार सेवा प्रदान गरेको जानकारी दिनुभयो । उहाँले अस्पतालले विश्वमा प्रयोग भएका अत्याधुनिक नवीनतम प्रविधिको प्रयोगद्वारा उपचार सेवा पु¥याएकाले पछिल्लो समय बिरामीको रोजाईमा नेपाल आँखा अस्पताल पर्दैआएको बताउनुभयो । अस्पतालमा हाल १४ जना नेत्र विशेषज्ञसहित ११८ जना जनशक्ति कार्यरत रहेको र दैनिक सरदर सात सय बिरामीलाई सेवा पु¥याउदै आएको छ । काठमाडौँ उपत्यकाभित्र अस्पतालले टोखा, खोकना, मूलपानी र थानकोट तथा उपत्यका बाहिर बाराको सिमरा र गोर्खाको भच्चेकमा आँखा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । पछिल्लो समय अस्पतालले स्थान अभावकाकारण बिरामीको चाप धान्न र शुद्ध–सफा पानीको आपूर्तिमा देखिएको समस्या सम्वोधन गर्न विभिन्न विकल्पको खोजि गरिरहेको छ ।