२०७९ मंसीर २७ काठमाडौ। आज सेयर बजार सामान्य रूपले घटेको छ । ब्याजदर घट्ने अनुमानसहित थामिएको १९सयको लाइनको सेयर बजार आज झिनो अंकले तल झरेको छ । यस दिन नेप्से सूचक २.५७ अंकले घटेर १८९९.७० विन्दुमा आएको छ । भने ७७ करोड ७० लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ । बैंक को ब्याजदर र सेयर लगानीकर्ता को गहिरो सम्बन्ध रहेको छ। फेरी बैंकहरुले ब्याजदर नघटाउने निर्णय गरेको छ। जुन खबरले बजार प्रभावित भएको हो । नेप्से माथि जान नसक्दा कारोबार रकम पनि खुम्चिएको छ । राष्ट्र बैंकले ब्याजदर घटाउन कन्जुस्याईं गरेको छ । सेयर लगानी कर्ताको पीडा निमायक निकायले बुझ्न नसकेको सेयर लगानी कर्ताको आरोप छ।