रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो ‘विशेष सैन्य अभियान’मा अपेक्षा गरिएभन्दा बढी समय लागेको स्वीकार गर्दै नयाँ भूभाग कब्जा गर्न सफल भएको र आफ्नो देशको आणविक हतियारले द्वन्द्व बढ्नबाट रोकेको बताउनुभएको छ । “निःसन्देह, यो एक लामो प्रक्रिया हुन सक्छ,” पुटिनले भन्नुभयो । फेब्रुअरी २४ मा रूसको आक्रमणबाट सुरु भएको नौ महिनाभन्दा लामो युद्धले लाखौंलाई आफ्नो घरबाट विस्थापित गरेको छ, र दशौं हजार घाइते वा मृत्यु हुनुपरेको छ । युद्धको लम्बाइ धेरै दिन हुने देखिएपनि तिनले ‘हाम्रो हितको लागि निरन्तर लड्ने र उपलब्ध सबै उपायहरू प्रयोग गरेर आफ्नो रक्षा गर्ने’ प्रतिज्ञा गर्दै कुनै सङ्केत देखाएनन् । उहाँले आफूसँग सेना पठाउनुको विकल्प नभएको दाबी गर्दै वर्षौंदेखि पश्चिमा मुलुकले रूसको सुरक्षा मागलाई ‘अनुहारमा थुक्ने मात्र’ जवाफ दिएको बताउनुभयो । रूसमा आफ्नो मानव अधिकार परिषद्का सदस्यहरूसँगको टेलिभिजन बैठकमा बोल्दै पुटिनले भूमि अधिग्रहणलाई ‘रूसका लागि महत्वपूर्ण परिणाम’ को रूपमा वर्णन गर्नुभयो र भन्नुभयो, “अजोभको सागर रूसको आन्तरिक समुद्र बनेको छ ।” आफूले प्रशंसा गर्ने एक जना रुसी नेतालाई बारम्बार उल्लेख गर्ने एउटा ऐतिहासिक प्रसङ्गमा उहाँले थप्नुभयो, “पिटर द ग्रेटले पानीको त्यो स्रोतमा पहुँच प्राप्त गर्न लडेका थिए ।”