पत्रकारिता तथा आमसञ्चारसम्बन्धी ऐन÷कानुन, नीति तथा निर्देशिका महिला पत्रकारमैत्री हुनुपर्ने माग गरिएको छ । लैङ्गिक विभेदमा आधारित हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित ‘सञ्चार क्षेत्रमा लैङ्गिक संवेदनशीलता र पत्रकारहरूको सुरक्षा’ विषयक अन्तक्र्रियामा सञ्चार क्षेत्रका विज्ञहरूले महिला पत्रकारमाथि हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि नीतिगत व्यवस्था गरी त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । महासङ्घका अध्यक्ष विपुल पोखरेलले सञ्चार गृहभित्र महिला पत्रकारमाथि हुने हिंसा अन्त्य गर्न महिला पत्रकारमैत्री मिडियाको आन्तरिक नीति, नियम र सम्पादकीय नीति बनाउनुपर्ने धारणा राख्नुभयो । समग्रमा महिला हिंसा अन्त्यका लागि विद्यालयस्तरको पाठ्यक्रममा महिला हिंसा गर्न नहुने पाठ समावेश गर्नुपर्ने उहाँको भनाइ थियो ।