उन्नाइऔँ राष्ट्रिय ज्यापु दिवस–२०७९ का अवसरमा नेपाल भाषा, कला, संस्कृतिको विकासमा विशिष्ट योगदान पु¥याउने विशिष्ट व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरिएको छ । ज्यापु संस्कृति विकास कोषले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान तथा पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा ‘ज्यापु रत्न’बाट प्रा डा रामकृष्ण महर्जन, ‘ज्यापु विशिष्ट सम्मान’बाट ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, ‘ज्यापु विशेष सम्मान’बाट मणिकुमार प्रधान, पुष्पराज श्रेष्ठ, सूर्जनारायण प्रधान, अर्चना शाक्य श्रेष्ठ, अमित बज्राचार्य, शुष्मा राजभण्डारी, शङ्कर महर्जन र विष्णु जल्मी तथा ‘ज्यापु सरस्वती पदक’बाट पल्पसा महर्जनलाई सम्मान गरिएको थियो । सो अवसरमा ‘ज्यापु सांस्कृति प्रतिभा सम्मान’ बाट नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक नवीन महर्जन, ‘ज्यापु प्रतिभा सम्मान’ बाट मिस नेवाः २०२२ की विजेता सलिना महर्जन, मिस नेपाल टिन २०२२ की विजेता सृष्टि महर्जन र मिस मङ्गोल बागमती २०२१ की विजेता प्रदिका महर्जनलाई पुरस्कृत गरिएको थियो । उक्त पुरस्कारको राशि जनही रु १० हजार रहेको छ । कार्यक्रमअघि ६३ टोलका गुठीका तर्फबाट सांस्कृतिक ¥याली निकालिएको थियो । ¥यालीमा सहभागीले नेवारी झाँकी, बाजागाजा प्रदर्शन गरेका थिए । सो अवसरमा अतिथिलाई परम्परागत गोफ टोल महिला समूहबाट सगुरनस्वरुप योमरी वितरण गरिएको थियो ।