उपराष्ट्रपति नन्दबहादुर पुनले किराँत समुदायको महान् चाड उधौली र नेवारी समुदायको यःमरि पुन्हिका अवसरमा देश तथा विदेशमा रहनुभएका सबैलाई सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गनुभएको छ । उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा किराँत समुदायको महान् चाड उधौली र नेवार समुदायको महत्वपूर्ण चाड यःमरि पुन्हि पर्वको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभएको हो । शुभकामना सन्देशमा भनिएको छ, “उधौली र यःमरि पुन्हिले किराँत र नेवार लगायतका समुदायमा उत्साह र उमङ्ग थप्दै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवद्र्धनमा योगदान पु¥याओस्, सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ् बनाउँदै समृद्धिको मार्गमा अघि बढ्न हामी सबैलाई ऊर्जा प्रदान गरोस्, उधौली र यःमरी पुन्हिको हार्दिक शुभकामना ।” भर्खरै नेपाली जनताले आफ्नो सार्वभौम मताधिकार प्रयोग गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मताधिकारको प्रयोग गर्नुभएकामा आम मतदातालाई बधाई दिन चाहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “निर्वाचनमा निर्वाचित हुनुहुने सबैलाई बधाई दिन चाहन्छु, निर्वाचन सम्पन्न गराउने निर्वाचन आयोग, नेपाल सरकार, सुरक्षा निकाय, कर्मचारी, पर्यवेक्षक सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।”