हिन्दू धर्मालम्बीहरुको लागि मंसिर २२ गतेको धान्य पूर्णिमाको विशेष महत्त्व रहेको छ । यो दिन स्वर्गबाट सबै देवीदेवताहरु पृथ्वीलोकमा आउने विश्वास गरिएकोछ ।

देवीदेवता भगवान  पृथ्वीलोकमा आउने र मानवको कल्याण गर्ने बिश्वास गरेर  नदी किनारमा स्नान पुजा पाठ गर्दै धान्य पूर्णिमाको ब्रत लिइने गरिन्छ । व्रत, पूजा–पाठको विशेष महत्त्व भएको हिन्दू धर्मालम्बीहरु विश्वास गर्छन् । आजको दिन दान पुजा पाठ गर्नाले  पुण्य  मोक्ष मिल्ले बिश्वास गरिन्छ । हिन्दू धर्मालम्बीहरुले धेरै पहिलेदेखि भारतको बनारस, हरिद्वार, मथुरा, प्रयागराज, बराहक्षेत्र, मुक्तिक्षेत्रलगायत ठाउँमा बिशेष पूर्जाअर्चना गर्छन् भने नेपालमा पनि बिशेष तरिकाले पुर्णिामाको व्रत बस्ने गरिन्छ। आज

पूर्णिमामा चन्द्रमाले पूर्ण आकार लिने गर्दछ। भने चन्द्रमा अरु  दिनभन्दा बढी चम्किलो देखिन्छ । विज्ञानका अनुसार सूर्यको प्रकाश पृथ्वीले नछेकी चन्द्रमामा पर्ने भएकाले यो दिन चन्द्रमा विशेष चहकिलो देखिने गर्छ ।

यो पूर्णिमामा तुलसी भगवान शिव, विष्णुको आरधना पुजा  गरिन्छ । भगवान शिव विष्णुलाई गरिने विशेष पूजा अर्चनालाई सत्यनारायणको पूजाको रुपमा पनि लिइन्छ । सामान्यतया सत्यनारायणको पूजा जहिले गरे पनि हुन्छ । तर, पूर्णिमाको दिन सत्यनारायणको पूजा गर्दा विशेष फल मिल्ने विश्वास गरिन्छ ।

धर्मग्रन्थहरुमा उल्लेख भएअनुसार आजको दिन मानसिक कष्टबाट मुक्ति पाउन चाहने, पारिवारिक शान्ति र समृद्धि चाहने र अचानक डराउने समस्याबाट मुक्ति चाहने वा मानसिक चिन्ताबाट ग्रसितहरुले यसबाट छुटकारा पाउन पूर्णिमा व्रत लिँदा निकै राम्रो हुन्छ ।

आजको दिन दीपदान गर्दा ऋणबाट मुक्ति मिल्ने, तुलसी पूजा गर्दा मनोकामना पूरा हुने, व्रत बस्दा अग्निष्टोम यज्ञ गरे बराबरको फल प्राप्त हुने विश्वास गरिन्छ । धान्य पुर्णिामाको दिन श्रद्धाभावसहित भगवानको स्मरण गर्दा मात्रै पनि पारिवारिक शान्ति छाउने र परिवारमा सुख फैलिने पनि विश्वास गरिन्छ ।