२०७९ मंसिर १९ काठमाडौ, नेपाल ।

मंसिर १८ गते समाचार संकलनको सिलसिलामा मकवानपुर स्थित पल्पसा सदनमा रहेको अबस्थामा पत्रकार राम कुमार एलन र रमेस बन्जरा लाई नेपाली काङ्ग्रेसका नेत्ता तथा प्रदेश संसद ईन्द्र बानियाँको  समर्थक बताउने राजेस भेटवाल सहित २०/२२ जनाको समुहले आफ्नो नेत्ताको विरुद्ध समचार बनाएर प्रकासित गरेको, आफुहरूले भनेअनुसार नलेखेको भन्दै आक्रमण गरेका थिए । उक्त आक्रमणको  घटना प्रति नेपाल पत्रकार महासंघले बिरोध गरेको छ । साथै घटनामा संलग्न आक्रमणकारी दोषी माथी कारवाही गर्न माग गरेको छ । पत्रकारले स्वतन्त्र भयरहित रुपले समाचार संकलन र संप्रेषण गर्न पाउने सुरक्षाको ब्यबस्था मिलाउन सम्बन्धित सुरक्षा निकाय सग नेपाल पत्रकार महासंघले आग्रह र अनुरोध गरेको छ ।

पत्रकारहरूले स्वच्छ निस्पक्ष ढङ्गले सहि सत्य समाचार लेख्नुपर्ने हुन्छ ।  सहि सत्य समाचार लेख्दा पत्रकारहरूको कलम र हात माथी कोहि कसैले प्रतिबन्ध लगाउन खोज्छ भने यस्ता प्रतिबन्ध लाई तोडन आबस्यक परे बल प्रयोग गर्ने बल पत्रकार सग पनि छ भन्ने कुरा आक्रमणकारी उदण्ड समुहले  बुझ्नु जरुरी छ । पत्रकारले कलम मात्रै चलाउदैन । बल बुद्दी सवै चलाउन जानेको हुन सक्छ । पत्रकारहरू सधैंभरी सान्तिपुर्ण रुपले समस्याको समाधान गर्ने पक्षमा रहेको हुन्छन भने कुरा सवैले बुझ्नु जरुरी छ।

(नेपाल पत्रकार महासंघको प्रेस बिज्ञपति)